0 COMMENTS

साउन ९, दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए ।

बसमा सवार २५र२६ जनामध्ये १७ घाइते भएका र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । बस ब्रेक फेल भई अनियन्त्रित हुँदा लमहीबाट घोराहीतर्फ आउँदै टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।