0 COMMENTS

जेठ १७, काठमाडाैँ । आज सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बुधबार बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सह-चालक थिए । मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।