0 COMMENTS

जेठ १७, काठमाडौँ । आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ । 

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक छ । नेपाल धूमपान गर्ने देशहरूको २२औँ स्थानमा पर्दछ । धूमपान तथा सुर्तीजन्य पदार्थले मुख तथा फोक्सोमा मात्र नभई खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौलालगायतको क्यान्सर समेत हुने गर्दछ ।  

गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मने तथा समय अगाडि नै बच्चा जन्मिने, गर्भ तुहिनेलगायत हुन सक्छ । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य देश बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।