0 COMMENTS

जेठ १७, काठमाडौँ । भारत सरकारले हालै उसको नयाँ संसद भवनमा प्रदर्शन गरेको भित्तेनक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई समेत समावेश गरी प्रकाशित गरेको छ । भारतको यो कार्यले उसका छिमेकी देशप्रतिको हैकमवादी र विस्तारावदी प्रवृतिलाई फेरी एकपटक उजागर गरेको छ । अखण्ड भारतको नाममा प्रदर्शन गरिएको नकशामा अफगानिस्तान, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्काका भूभाग समेत पनि समेटेर संसद भवनमा भित्तेनक्सा राख्नु भारतले ती देशलाई दिएको ठाडो चुनौती हो ।

यस्तो काम उसले अखण्ड भारतको नाममा गरेको दावी गर्दैछ । त्यसो भए यदि नेपालले पनि बृहत नेपालको नक्सा तैयार गरी प्रकाश किन नगर्ने त ? भारतको यस्तो कार्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले भारतको मिचाहा र नाजीवादी रवैया बताउनु भएको छ र यसका विरुद्ध यस क्षेत्रका सम्पूर्ण न्याय प्रेमी, शान्ति प्रेमी तथा देशभक्त जनता एकताबद्ध हुन र भारतीय शासकवर्गको यस प्रकारकोे प्रवृत्तिका विरुद्ध आवाज उठाउन समेत संसारभरिका स्वाभीमानी तथा स्वाधीनताप्रेमी जनतामा  हार्दिक अपील गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।