जेठ १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १५ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ३९ पैसा र बिक्री दर १४२ रुपैयाँ ०३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १६३ रुपैयाँ ४३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।