0 COMMENTS

जेठ १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका चार प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ । सोमबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति सुदूर-पश्चिम प्रदेशमा सामान्य बदली, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।