0 COMMENTS

जेठ १५, काठमाडौँ । आज गणतन्त्र दिवस । जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको आज १५ वर्ष पुगेको छ । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गरेको थियो । योसँगै २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य भएको थियो । पहिलो संविधानले संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन गरियो । नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो ।

तत्कालिन नेकपा (माओवादी) ले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणालाई राजनीतिक नारा बनाएर २०५२ सालबाट जनयुद्धको सुरु गरेको थियो । जनयुद्ध १० वर्षसम्म पुग्दा यसमा माओवादीले देशका ८० प्रतिशत भूभागमा जनसत्ता संचालन गर्न पुगेको थियो । आफ्नै सरकार, सेना र अदालतसहित माओवादीले सत्ता संचालन गरेको थियो । यही क्रममा २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिएर दलमाथि प्रतिबन्द लगाए । यसपछि भने दलहरु पनि ब्यूझिए र माओवादीसँग सहकार्यको हात बढाए ।

माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सहमति भयो । यही आधारमा हजारौ मानिसहरु सडकमा निस्किएर जनआन्दोलन रुप लियो । माओवादीले फौजी कारवाही अगाडि बढाइरह्यो भने जनआन्दोलनमा पनि सहभागी । यही बलमा ज्ञानेन्द्र शाहले जनताको नासो भन्दै संसद पुनर्स्थपना गरे । योसँगै शान्ति प्रक्रिया अगाडि बढ्यो । एकातिर माओवादी र अर्कोतिर सात राजनीतिक दलबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो ।

सरकारले हरेक जेठ १५ गते विविध कार्यक्रम गणतन्त्र दिवस मनाउँदै आएको छ । आज पनि टुडिखेलमा गणतन्त्र दिवसको अबसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।