0 COMMENTS

वैशाख २७, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । सेमिफाइनल पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडले १-१ को बराबरी खेलेका हुन् ।

अवे मैदानमा प्राप्त बराबरीले सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फाइदा पुग्नेछ । साथै सिटीले ट्रेबल उपाधि जित्ने सम्भावना कायम राखेको छ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ ।

रियलको मैदानमा सिटीले एक गोलले पछि परेको अवस्थामा केभिन डे ब्रुएनाको सानदार गोलमा खेल बराबरी गरेको थियो । घरेलु मैदान सान्टियागोल बर्नामेउमा भिनिसियस जुनियरले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, रियलले उक्त अग्रता कायम रख्न सकेन । ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।