0 COMMENTS

वैशाख २७, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।

अदालतले ट्रम्पलाई दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ । एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । मुद्दामा उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् ।

अदालतको फैसलापछि ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् । ट्रम्पका प्रवक्ताले फैसला राजनीतिबाट प्रेरित बताएका छन् । उनले ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको फैसला आएको भन्दै अपिल गर्ने ट्रम्पको योजना रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।