0 COMMENTS

वैशाख २१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर राय माग्दा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको सुनाए ।

‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ । पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो,’ पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।