0 COMMENTS

वैशाख २१, काठमाडौँ । एमाले उपाध्यक्ष एवंम पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि त्यसको खण्डन गरेका छन् । प्रेस वक्तव्य जारी गर्दै प्रतीक थापाले संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन् । उनले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् ।

पटक-पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको भन्दै थापाले भनेका छन्, ‘ …तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रतिक थापाले विज्ञप्तिमा लेखेका छन्, ‘हामीले गृहमन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं, जनसरोकारका विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथिमकताका साथ कटिवद्ध भएर काम गरेका छौं, त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै इच्छा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।