0 COMMENTS

वैशाख १९, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् । यीमध्ये ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई कांग्रेससहित ८ दलका सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा जम्मा २९ मत आएको सभामुखले जनाएका छन् । नेकपा एमालेका सांसदहरूले विपक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसदहरु भने तटस्थ बसे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।