0 COMMENTS

वैशाख १०, काठमाडौँ । आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ । तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

मुचुल्का उठाएर र मतपेटिका मतगणना केन्द्रमा पुर्‍याएपछि मतगणना सुरू हुने थपलियाले बताए । बारा-२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए । चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ । यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताएका छन् ।

थपलियाले पौने पाँच बजेको स्थिति हेर्दा तीनवटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको बताए ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवनमा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता विवादका क्रममा रिक्त भएको थियो । त्यस्तै तनहुँ र बाराबाट निर्वाचित सांसदहरु क्रमश राष्ट्रपति र उपराष्ट्रपति भएपछि रिक्त हुँदा उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।