0 COMMENTS

वैशाख १०, काठमाडाैँ । बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । मृतक महिलाको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।