0 COMMENTS

वैशाख ४, चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर दिलबहादुर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिएका छन् । चितनव-२ का उम्मेदवारसमेत रहेका लामिछानेका ड्राइभर चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै सुतेका थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेर चितवन फर्किएका थिए । विहान चितवनमा घरदैलो गरेर दिउँसो बारा जाने कार्यक्रम थियो । थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घरको छतबाट थापा कसरी खसे भन्ने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।