0 COMMENTS

वैशाख ४, काठमाडौँ । बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । अइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटरभित्रको बस्तीमा काम भइरहँदा उनीहरू पुरिएको प्रहरीले जनाएको छ ।

साँझ ४ बजेतिर भएको घटनामा परेका उनीहरुको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले बताएका छन् । उनीहरूमध्ये सुनसरी गढी गाउँपालिका-२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाईको साढे ५ बजे उद्धार गरी उपचारका लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले बताए । उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जानकारी गराएका छन् । सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने २२ बर्षिया नितेश सदाको उद्धार कार्य जारी रहेको एसपी केसीले बताए ।

निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउँपालिका-२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने ४६ वर्षीय रामदेव यादव एक्कासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेसरको रोगी भएको पनि भनिएको पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।