0 COMMENTS

वैशाख ४, काठमाडौँ ।  आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ । सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।