0 COMMENTS

चैत १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् । सोमबार बिहान देउवा र नेपाललाई बोलाएर प्रधानमन्त्रीले पार्टीले सरकारमा पठाउने व्यक्तिहरुको नामबारे चाँसो राखेका थिए । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको आफू अन्तिम तयारीमा रहेको भन्दै चाँडो नाम दिन आग्रहसमेत गरेको बताइएको छ ।

जवाफमा देउवा र नेपालले आफूहरुले आन्तरिक छलफल गरेको भन्दै पहिला आफूहरुले पाउने मन्त्रालयको टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीले गठबन्धनका अन्य दलहरुसँगको बैठकपछि मात्रै मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लाग्ने बताएपछि भोलि ४ बजे गठबन्धनको बैठक बोलाइएको छ । मंगलबार ४ बजे बस्ने गठबन्धनको बैठकले मन्त्रिमण्डल विस्तारको अन्तिम टुंगो लगाउने बालुवाटार स्रोतले बतायो । भोलि नभए पर्सी मन्त्रिमण्डल पुनर्गठन गर्न तीनै शिर्ष नेताहरु सहमत भएका छन् ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेपनि सरकारमा सहभागी हुने दलहरुले आन्तरिक छलफलका कारण ढिलाई भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।