0 COMMENTS

चैत १३, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक शनिबार भालुवाङमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण अन्तरगत यही चैत्र २९ र ३० गते प्रदेश भेला गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले पार्टी सुदृढीकरण तथा संर्घषका बिभिन्न प्रस्तावहरु पेश गर्नुभएको थियो । बैठकमा पार्टीका पीबीएम तथा प्रदेश ईञ्चार्ज केबी गुरुङ्गले प्रशिक्षण राख्नुभएको थियो । बैठकमा पीबीएम धनेश्वर पोखरेल, केन्द्रीय सदस्यहरु निरज केसी, टिकाराम पौडेल, लक्ष्मी चौलागाई, बिपिन रोकाया, केन्द्रीय सल्लाहकार क्षेत्रबहादुर थापालगायत हुनुहुन्थ्यो ।

बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तथा जन वर्गीय मोर्चा संगठनका जिम्मेवारहरुले रिर्पाेरिङ गर्नुभएको थियो । बैठकले जिल्ला भेला तथा बैठकका मितिहर समेत तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।