0 COMMENTS

चैत १४, काठमाडौँ । मन्त्रालय बाँडफाँडबारे आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठक मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुनेछ । बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँडको खाका पेश गर्ने बताइएको छ । प्रधानमन्त्री प्रारम्भिक खाका पेश गरेपछि थप छलफल हुनेछ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए । मन्त्रिमण्डल चाँडो विस्तार गर्नेमा तीनै नेता सहमति भएपछि आज गठबन्धनको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)लाई एक राज्यमन्त्रीसहित ३-३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ । अन्य साना दललाई पनि सरकारमा समावेश गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।