0 COMMENTS

चैत १०, काठमाडौँ । आज सरकारले नेपाल प्रहरीकाे महानिरीक्षक नियुक्ति गर्दैछ । प्रहरीको प्रमुख पद खाली हुन नदिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकले नयाँ महानिरीक्षक नियुक्त गर्ने एक मन्त्रीले जानकारी  दिए । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अनिवार्य अवकाशमा जाने भएकोले आजै नयाँ नेतृत्व नियुक्त गर्ने सरकारको तयारी छ । आजै सिंहको बिदाई गरिनेछ । प्रहरीको ३० औँ महानिरीक्षकको लाथि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार रहेका छन् ।

चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्येबाट एकलाई प्रहरी प्रमुख बनाउने सरकारको तयारी छ । मेरिट लिस्टको एक नम्बरमा कुँवर र चौथोमा ज्ञवाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।