0 COMMENTS

फागुन २४, काठमाडौँ । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यही अबसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिँदै नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको बताएका छन् । लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरूमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त भएको र गौरवपूर्ण संघर्ष र ऐतिहासिक उपलब्धि नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी बनेको बताए ।

बुधबार बिहान जारी गरेको सन्देशमा प्रधानमन्त्रीले नेपालको संविधानले महिलालाई अंश र वंशमा समान अधिकार दिनुको साथै नीति र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।