0 COMMENTS

फागुन २५, काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ । नयाँ राष्ट्रपतिको लागि सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले मतदान सकिएलगत्तै मत गणना सुरु गर्ने जनाएको छ । आयोगका अनुसार ढिलोमा आज राति ८ बजेसम्म अन्तिम नतिजा सार्वजनिक गरिनेछ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।