0 COMMENTS

पुस १६, भक्तपुर । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेवकुप बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री हुन्छु’ भनेर भोट माग्ने उनी नै हुन् । तर, संसदीय दलको नेता त चुनिन सकेनन् । जनतालाई भुङग्रामा राखेर गगन आफू सांसद् बने । उनीसंग नैतिकता छ भने उनले तत्काल सांसद्को पदमा राजीनामा दिनुपर्छ । काठमाडौं क्षेत्र नम्बर ४ का जनतासंग उनले माफी माग्नुपर्छ ।

गगन फट्याहा व्यक्ति हुन् । गुण्डा पृष्ठभूमिबाट आएको उनीसंग नैतिकता भन्ने चीज नै छैन् । नैतिकता नै भएको व्यक्तिले के जनतासंग माफी माग्छन्, के पद छोड्छन् ? २०६४ सालमा मनोनित सांसद् भएको व्यक्ति त्यसपछि निरन्तर चुनाव जित्दै आएका छन् । उनलाई काठमाडौं क्षेत्र नम्बर ४ कै जनता भोट दिएर पदमा पुर्याए । तर, बद्लामा जनताले के पाए ? उनी पटकपटक सांसद् भए तर एउटा सिन्कोसमेत भाँचेनन् । गगनको क्षेत्र कुनै दुर्गम जिल्लाभन्दा कम छैन् ।

न विकास छ न सध्ये बाटोघाटो । बर्खामा घरभित्रै खोलो पस्छ । हिलम्मे र धुलाम्मे बाटो त जनताका लागि नौलो कुरा रहेन् । गुठी, सरकारी, सार्वजनिक सबै जग्गा व्यक्तिको नाममा गइसकेको छ । खोजतलास गर्न उनले चासोसमेत देखाउँदैनन् । हरेक चुनावमा नयाँ बहाना बनाउने, जनता फसाउन एकएक वटा पासो फ्याँक्ने अनि पदमा पुगिरहने । योचोटिको चुनावमा प्रधानमन्त्री बन्छु भनेर घरघर पुगेर जनतालाई भोट मागे । जनताले गरिखाँ भनेर भोट दिए तर संसदीय दलमै निर्वाचित हुन सकेनन् ।

प्रधानमन्त्रीको त कुरै छोड्देऔं । यस क्षेत्रको जनताको मत २०७० सालदेखि खेर गइरहेको छ । बेकारमा भोट हाल्नु मात्र भइरहेको छ । दिनभर लाइन बसेर भोट हाल्नु फोगट्टे भएको छ । काठमाडौं क्षेत्र नम्बर ४ राजधानीको मुटुमा पर्छ । तर, यहाँको विकास हेर्यो भने जुम्ला, हुम्लाजस्तै देखिन्छ । बर्खामा कपनमा बसि नसक्नुहुन्छ । घरभित्र खोलो पसेर जनताको रुवाबासी हुन्छ । हिजो खोलाको जग्गा मिचेर कमिशन खाँदै घर बनाउन दिए । उनले त्यसको असर सबैले भोग्नुपरेको छ ।

गगनले अहिलेसम्म जनतालाई कतिचोटि ढाँटे ? यसको लेखाजोखा गरिसाध्य छैन् । विद्यार्थी को नेता हुँदादेखि नै उनले व्यापारीहरुसंग हप्ता उठाउँथे । गुण्डागर्दी गर्न, दादागिरी देखाउन त उनलाई कसले भ्याउने ? देशभरका जनताले उनलाई नेता होइन्, गुण्डा बनेर चिन्छन् । उनको भाषण सुन्दा गुण्डाको भन्दा कम लाग्दैन् । भाषामा समेत गुण्डागर्दी शैली देखि हाल्छ । भाषामा सभ्यता, नम्रता भन्ने चीज नै छैन् । यस्तो व्यक्ति कसरी नेता बने ? न नेता हुने गुण छ न शैली ।

यस्तै गुण्डाहरु नेता बन्दा देश विकास हुन नसकेको हो । गगनसंग नेपाली नागरिकता भएपनि उनी अमेरिकाको जासुस हुन् । नेपालमा भएका घटनाहरु अमेरिकाको कानसम्म पुर्याउने श्रेय यिनलाई नै जान्छ । अमेरिकी परियोजना एमसीसी पनि गगनकै पहलमा पारित भयो । एमसीसीको विरोधमा त्यत्रो आन्दोलन हुँदा पनि गगनले एमसीसी पास गर्न जोडबल गरेका थिए । उनले संसद्मा उभिएर बोलेका थिए,‘अमेरिकी सेनाले नेपालमा कब्जा गर्यो भने मलाई चारपाटे मुडेर थानकोट कटाइदिनुस् ।’

थानकोटसम्म मात्र नेपालको भूमि छ ? नेपालमा ७७ जिल्ला छन् तर उनलाई थाहा नै रहनेछ । उनले काठमाडौं उपत्यकालाई मात्र नेपालको नाम दिएका छैनन् । जसले मुलुकमा कति जिल्ला छन् भन्ने थाहा छैन्, ऊ नेता बन्न सक्छ ? उनीसग नेता बन्ने क्षमता छैन् भन्ने त यहीबाट स्पष्ट भइसकेको छ । गगन स्वास्थ्यमन्त्रीसमेत भए । तर, स्वास्थ्य क्षेत्रमा के नै उपलब्धि भयो ? स्वास्थ्य क्षेत्र सुधारमा उनले अलिकति पनि चासो देखाएनन् । बरु सरुवा बढुवा गरेर सम्पत्ति जोडने काम उनीबाट भयो ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिदमा समेत उनले व्यापारीसंग कसमशन खाए । गगनको सम्पत्ति कति छ ? कसले खोज्ने ? सरकारले खोजीनीतिमा चासो देखाउँदैनन् । हिजो हप्ता उठाउने आज सम्पत्तिमै पुरिएका छन् । यत्रो सम्पत्ति कहाँबाट आयो ? उनको विदेशी र नेपाली बैंकमा करोडौं रकम भएको र थुप्रै स्थानमा घरजग्गा भएको सर्वसाधारणहरुको भनाइ छ । मुलुकको राजनीति परिवर्तन गर्दासमेत गगनको कुनै योगदान छैन् । न उनले कुटाइ खाएका छन् न जेल नै बसे ।

२०६४ सालअघि उनलाई कसैले पनि चिन्दैनथ्यो । त्यसपछि उनले मिडियालाई आफ्नो हतियार बनाए । २०६४ सालपछि सञ्चार क्षेत्रमा ह्वात्तै विकास भयो । अनलाइन, टेलिभिजन, पत्रपत्रिका र रेडियो खुल्ने क्रम बढ्यो । जसलाई उनले भर्याङ बनाए । लेख लेखेर हुन्छ कि अन्तरवार्ता दिएर । जहाँ पनि पुगिहाल्थे । सामाजिक सञ्जालमा छिनछिनमा स्टाटस् हालिरहन्थे । तर, सञ्चारकर्मीहरुले पनि यस्तालाई नै ठाँउ दिए । जसले हाउडे गफ दिन्छन्, उसैको पछाडि दौडिए सञ्चारकर्मी ।

दुर्गम जिल्लाबाट आएको सांसद्बाट जनताले धेरै कुरा सिक्न पाँउथे होला नि ? उसले सांसद् बन्न कति दुःख गरे ? कति हैरानी खेप्नुपर्यो ? यो कथाव्यथा त झनै राम्रो हुन्थ्यो होला नि ? तर, मिडियाले त्यसो गरेनन् । दुर्गम क्षेत्रबाट आएकालाई बोल्नेसमेत मौका दिएनन् । बरु गगन थापाजस्तो फट्याहा व्यक्तिको अघिपछि गरे । गगनको क्षमता त जनताले पटकपटक देखिसकेका छन् ।

अझै पनि मिडियाले उनको गुनगान गाउनु भनेको जनता र मुलुकमाथिको घात हो । यस्तो व्यक्तिले देशको विकास गर्छ भनेर कलम चलाउनु जनतामाथि भ्रम छर्नु हो । उनलाई ‘युवा नेता’ भनिने गरिएको छ । तर, उनी युवा नेता नभईकन फट्याहा नेता हुन् । २००७ सालमा राजनीतिक परिवर्तन गर्दा उनको योगदान के ? २०१७, २०३६, २०४६, २०६२–६३ को आन्दोलनमा उनी कहाँ थिए ? यसको पृष्ठभूमि त मिडियाले केलाउनुपर्यो हो । हावादारीको भरमा गगन यस्तोउस्तो भनि लेख्न मिल्छ ?

राजनीति परिवर्तन गर्दा गगन कति वर्ष जेल बस्यो ? कति वर्ष भूमिगत गए ? पुलिसको कति लाठी खाए ? यसको विवरण मिडियाले सार्वजनिक गर्न सक्छ ? कांग्रेसमा धेरै दुःख गरेका व्यक्तिहरु अझै पनि पछाडि परेका छन् । भखरै पलाएकोले म प्रधानमन्त्री खान्छु भनेर पाइन्छ ? राजनीति परिवर्तनको क्रममा पटकपटक टाउको फुटेको नेताहरुले पालो पाएका छैनन् । संघर्ष गरेकाहरु कति वर्षदेखि लाइनमा उभिएका छन् । अनि काम केही नगर्ने, भाषण मात्र गर्नेले मलाई यो पद चाहियो भनेर पाँउछन् ?

मिडियाले नेता बनाउने हो ? २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । राजतन्त्र फ्याँक्ने र जनताको सरकार बनाउने भनेर माओवादी आन्दोलनमा उत्रिँदा गगन क्याम्पसमा रमाएर हिँडेका थिए । व्यापारीलाई थर्काएर हप्ता उठाउनमै व्यस्त थिए । त्यतिखेरको आन्दोलनमा १७ हजार नेपालीले ज्यान गुमाएका छन् । कतिपयले छोराछोरी गुमाए कतिपयको वंश नै सखाप भयो । जिन्दगी बन्दुक नदेखेकाले राजनीति परिवर्तनका लागि बन्दुक उठाए ।

आफ्नो छोराछोरी, बुवाआमाको बलिदान गरे । १७ हजार शहिद भएर राजतन्त्र फयाँक्नु सानो कुरा होइन् । तर, यसको फाइदा गगन थापा, रवि लामिछानेजस्ताले उठाए । हिजो शहिद भएकाको आफन्तको हालत कसैले देखेको छ ? उनीहरु आज पनि भोका पेट हिँडिरहेका छन् । जागिर खान सकेका छैनन् । तिनका छोराछोरी अझैपनि शिक्षाबाट वञ्चित छन् । राजतन्त्र फ्याँकेको यही भएर हो ? यस्तै फट्याहाहरुले कमाउन् भनेर उनीहरु शहिद भएका हुन् ?

शहिद भएकाको परिवारको अवस्था कस्तो छ ? कुन मिडियाले खोताल्छ ? उनीहरुको आर्थिक अवस्था कस्तो छ ? तिनका छोराछोरीले स्वास्थ्य, शिक्षा पाएका छन् कि छैनन् ? यो विषय कसैले बाहिर ल्याउँदैन् । तर, गगनको अन्तरवार्ता लिने भन्नेबित्तिकै क्यामरा तेस्र्याइहाल्छन् । कांग्रेसले सत्ता गुमाउनुमा गगनको ठूलो हात छ । गत मंसिर ४ गतेको निर्वाचनअघि गगनले आफ्ना कार्यकर्तालाई माओवादीलाई भोट नदिनु भनेर निर्देशन दिएका थिए ।

माओवादी र देउवा पक्षकालाई भोट नदिने भनेर उनले अभियान नै चलाएका थिए । संसदीय दलको चुनाव हारेपछि गगनले माओवादीलाई कुनै पनि हालतमा सत्ता नदिने भनेर पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिए । अध्याँरो कोठामा सम्झौता नगर्नु, माओवादीलाई कुनै पनि पद नदिनु भन्ने त गगन नै हुन् । उनको दबाबमा परेर देउवाले माओवादीलाई पद दिन चाहेनन् । जसका कारण माओवादीले नेकपा एमालेसंग गएर सम्झौता गरे ।

अहिले देउवामाथि हिलो छ्यापेर गगनले आफ्नो लागि ठाँउ फराकिलो बनाए । देउवाले गगनलाई पार्टीबाट निकाल्नुपर्छ । उनको पार्टी सदस्य खारेज गर्नुपर्छ । नत्र गगनले कांग्रेस सिद्धयाउँछन् । कांग्रेसको पत्तासाफ हुन्छ । देउवाले अझै पनि ढिलो गर्ने हो भने कांग्रेस तहसनहस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।