0 COMMENTS

पुस १६, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको कार्यकालमा भाषणभन्दा बढी काम गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले यसपटक भाषण कम र काम धेरै गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता पनि व्याक्त गरेका छन् । उनले सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए । देशभरका जनतालाई सुशान र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हुन उनले अपिलसमेत गरे ।

प्रधानमन्त्री प्रचण्डले देशको विकासको मुख्य पक्ष नै शिक्षा रहेको भन्दै शिक्षाको गुणस्तरले नै अनुशासित र सभ्य समाज बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । चितवनको नमुना विद्यालयको रुपमा रहेको नारायणी नमुना माध्यमिक विद्यालय ६० वर्षअघि टुकीको साहारामा अध्यापन सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।