0 COMMENTS

असोज ११, भक्तपुर । मध्यपुर थिमि नगरपालिका ५ दुईपोखरीमा संचालित स्वनिगः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार शुभश्री बैंक्वेट थिमिमा सम्पन्न भएको छ ।

साधारणसभामा प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संधका अध्यक्ष कृष्ण गोविन्द लाखजुले सहकारीको मूल्य र मान्यतामा ध्यान दिनुपर्ने बताउँदै संस्थाको प्रगतिको कामना गर्नुभयो।

संस्थाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले आ।व। २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो। उहांले यो वर्ष शेयर सदस्य २०११ पुगेको र शेयर पूँजी रु २,२३,५१८१० रहेको जानकारी दिनुभयो । कार्यक्रममा कोषाध्यक्ष पुर्णोत्तमलाल श्रेष्ठले आ.व. २०७८/०७९ को आर्थिक प्रतिवेदन र आगामी वर्षको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभयो।
स्वनिगःले यो वर्ष रु ५६२६८० खुद मुनाफा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।