0 COMMENTS

कोही सच्चा वामपन्थी भए ऊसँग सहकार्य गरेर जान सकिने भनाइ एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पटकपटक गरेका छन् । । ओलीले वास्तवमा बडो गम्भीर प्रश्न गरे, के यो मुलुकमा कोही सच्चा वामपन्थी छ त ?

यो गम्भीर प्रश्न ओली आफैँले आफैँलाई गरेका त होइनन् रु मलाई लाग्दछ, पहिला त उनले स्वयंलाई सोध्न जरुरी छ, के म वास्तवमै वामपन्थी हुँ रु के मैले कम्युनिष्ट पद्धति र आचरणको पूर्णतः पालन गरेको छु रु र यो प्रश्न कम्युनिष्ट पार्टीका नाममा पसल चलाइरहेका सबैलाई हो ।

एउटा सत्य के हो भने, नेपालजस्तो मुलुकमा कम्युनिष्ट पार्टीका यति धेरै पसल आवश्यक छैन । जनजीविकाका लागि लडेको हो भने मिलेर गए हुन्छ, नभए जनताका आँखामा छारो हाल्ने खुद्रा पसल बन्द गरे हुन्छ ।

के ओली स्वयं वामपन्थी हुन् रु वामपन्थी भनेका सबै ओलीजस्तै हुन् रु पक्कै होइन, वामपन्थी भनेको सच्चा देशभक्त, इमान्दार, नैतिकवान र पार्टी विधि विधानप्रति प्रतिबद्ध व्यक्ति वा नेतामात्रै सच्चा वामपन्थी हुन सक्छन् ।

सबैको लागि कमाउने माध्यम बनेको छ, राजनीति । राजनीति, राजनीति रहेन, धन्दा भयो । यो धन्दामा लागेपछि कम्युनिष्ट लाल टोपीवालाको अनुहार गन्धा भयो ।

कतिपय ठाउँमा कांग्रेस बरु सग्ला छन्, खाने मामलामा कम्युनिष्टहरुले कांग्रेसलाई पनि माथ गरिसके ।

मानिस यो घोर अव्यवस्थामा बाँच्न अभ्यस्त भइसकेका छन् । दलभित्र आफ्नो अहंकार पूरा नभएर संसद् विघटन गरेको कुरालाई सदर गर्न मुलुक फेर्न हिँडेकाहरुले जोरजुलुमसँग चिच्याएको देखियो ।

कवि, लेखकहरु पनि पद र प्रतिष्ठाको लालचमा ओलीको गलत कदमलाई सही थामेको देखियो । आफूप्रति असहमतहरुलाई ओलीले कसरी भित्तामा पुर्याउँछन् भन्ने राम्रो हिसाब सबैसँग छ । त्यसैले बिरालोको घाँटीमा घण्टी बाँध्नेहरुसँगै बस्न सक्ने स्थिति भएन ।

आफूले वडा तहसम्म गुटको राजनीति गरेर इमान्दारलाई भित्तामा पुर्याएर केवल आफ्नो गुटका अवसर दिने तपाईं के वामपन्थी नै हो ?

जनताको अपार प्रेम र आशाका साथ स्थायी सरकारको अपेक्षा गर्दै मुलुकमा वामपन्थी सरकारको आशले दिएको दुईतिहाइ निकट मतको अपमान गर्ने, संगठनको जीवनका आफ्ना सहकर्मीहरुमाथि छुद्र टिप्पणी गर्ने यो कस्तो वामपन्थी चरित्र हो ?

आफूले कमल थापाजस्ता मण्डलेसँग गठजोड गरे पनि ठीक, राजेन्द्र लिङ्देनजस्ता राजावादीसँग सहकार्य गरे पनि ठीक, संसद् भंग गरे पनि ठीक, बाँकी सब खराब भन्ने चरित्र वामपन्थी हो र ?

मदन भण्डारीले संसद्को सम्प्रभुतालाई सधैँ पहिलो प्राथमिकता राख्नुभएको थियो, भण्डारीका अनुयायी दाबी गर्ने तपाईँले संसद् विघटन गलत थियो भनेर किन स्वीकार नगर्ने रु वामपन्थको लाइनबाट एमालेलाई धेरै पर पुर्याउने काम स्वयं अध्यक्ष खड्गप्रसाद ओलीबाट भएको छ ।

ओलीको अहंकार यथावतै छ । म मात्रै ठीक, बाँकी सब बेठिक भन्ने लयमा उनी छन् । एजेण्डागत हिसाबले मुलुक परिवर्तनका एजेण्डामा उनी असन्तुष्ट छन् ।

त्यसैले निर्वाचनको मुखमा धर्म निरपेक्षता, संघीयता, समावेशी समाजविरुद्ध उनले आफ्ना भक्तहरुमार्फत पपुलर भोट आकर्षणका लागि बोल्न लगाइरहेका छन् । राजावादी राप्रपा र ओलीको एजेण्डा एकै देखिएको छ ।
अब प्रश्न उठ्छ, के ओली स्वयं वामपन्थी हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।