0 COMMENTS

असोज १, ललितपुर । कृत्रिम गर्भाधान कर्ताहरुको लागि अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लगनखेल, ललितपुरको आयोजनामा सम्पन्न कार्यक्रमको उद्देश्य तथा कार्यपत्र प्रस्तुती कार्यालय प्रमुख डा. रामप्रकाश प्रधानले गर्नु भएको थियो ।

प्रमुख अतिथि नि. कार्यक्रम निर्देशक,पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बाग्मति प्रदेश, हेटौडाका डा.वज्रकिशोर ठाकुरले मन्तव्य दिनु भएको थियो । अतिथि वरिष्ठ वैज्ञानिका डा. निना अमात्य गोर्खाली (राष्ट्रिय पशु प्रजनन अनुसन्धान केन्द्र, खुमलटार) ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका पशु सेवा शाखाका अमर राय, पशु सेवा तालिम केन्द्र,बागमती प्रदेश ललितपुरका डा. गौरीमान, कृषि ज्ञान केन्द्र, मानभवन ललितपुरका प्रमुख नारायण कुमार श्रेष्ठ,कार्यालयका सूचना अधिकारी बासुदेव नाथले पनि बोल्नु भएको थियो । कार्यक्रम संचालन कृष्ण कार्कीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।