0 COMMENTS

भदौ ३१, भक्तपुर । बहुजातीय लोकतान्तिक समाजवादको मार्गमा जोडिदै भक्तपुरका युवा नेता राजु श्रेष्ठ एमाले पार्टी परित्याग् गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गरेका छन । श्रेष्ठलाई पार्टी कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले सदस्यता पत्र प्रदान गर्नु भएको थियो भने उपाध्यक्ष बिधु प्रकाश कायस्थले खादा लगाई स्वागत गरेका थिए । श्रेष्ठ लामो समय नेकपा एमालेमा कृयाशिल रहेका थिए ।

पूँजीवादी र साम्यवादी सिद्धान्तले यहाँका रैथानेहरु को भाषिक, सांस्कृतिक, धार्मिक संम्पदालाई राजनीतिक रुपमा संम्बोधन गर्न नसकेको खुलासा गर्नु भयो । राष्ट्रिय जनमुक्ति पार्टी नै नेपाल को एक मात्र पार्टी जसले यहाँको बिबिधता लाई सम्बोधन गर्न सक्ने राजनीतिक दर्शन र मार्ग (जनमुक्ति बिचारधारा) अंगालेको छ । यही मार्गबाट बैकल्पिक शक्ति निर्माण गरी मुलुकको नेत्रुत्व लिन सकिने बताए । श्रेष्ठलाई स्वागत गर्दै पार्टी कार्यकारी सुर्यवंशिले देश बचाउन, र देश बनाउन ढिलो चाडो जनमुक्ति पार्टीमा सबै आवद्ध हुने बताए ।

आगामी मंसिर-४ गते हुने आसन्न निर्वाचन सातै प्रदेश बाट शतप्रतिशत उम्मेदवार उठाउने तयारी रहेको बताए । भक्तपुर जिल्ला जनमुक्ति को किल्ला बनाउन श्रेष्ठलाई बधाई तथा शुभकामना पनि दिएका थिए । नवप्रबेशी श्रेष्ठलाई पार्टी संघीय परिषद सदस्य जिवपती श्रेष्ठले सिफारिस गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।