0 COMMENTS

असोज १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले संसदीय निर्वाचन अवज्ञा गर्ने निर्णय सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा (बहुमत) ले संसदीय निर्वाचन अवज्ञाका साथै वैज्ञानिक समाजवादी क्रान्तिको आधारका रूपमा तत्काल स्वाधीन संयुक्त सरकारका लागि सङ्घर्ष अघि बढाउने निर्णय सार्वजनिक गरेको हो । नेकपा (बहुमत) को भदौ २६–२९ सम्म रूपन्देहीमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले संसदीय निर्वाचन सशक्त ढङ्गले अवज्ञा गर्ने निर्णय गरेको थियो ।

अनामनगरस्थित संवाद डबलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (बहुमत) का संयोजक कञ्चनले वर्तमान सत्ता दलाल पुँजीवादी भएको र यसले नेपाल र नेपालीको स्वार्थ नभई दलालहरूको स्वार्थ मात्र पूरा गर्ने भएकाले यसले गराउने चुनाव अवज्ञा गर्दै यसको विकल्पमा स्वाधीन संयुक्त सरकारको माग राखी सङ्घर्ष सञ्चालन गरिने बताए ।

पत्रकार सम्मेलनमा नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले प्रेस वक्तव्य वाचन गर्दै संसदीय व्यवस्थाका खराबीको चर्चा गरेका थिए । उनले पनि निर्वाचन अवज्ञा गर्नुपर्ने कारणहरूबारे प्रस्ट पारेका थिए । कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, पार्टीनिकट जवस र मोर्चाका प्रतिनिधिका साथै उल्लेख्य मात्रामा सञ्चारकर्मीहरू सहभागी थिए ।

नेकपा (बहुमत) ले पत्रकारहरूलाई वितरण गरेको ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को चुनाव अवज्ञासम्बन्धी प्रेस वक्तव्य’ शीर्षकको प्रेस वक्तव्यको पूर्ण विवरण यसप्रकार रहेको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।