0 COMMENTS

भदौ १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता भविसोर पराजुलीले महेश बस्नेतलाई कालो मोसो लगाएर काठमाडौँ घुमाउने बेला आएको बताएका छन् । शनिबार पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेनको अहिलेको अभियान सही भएकोले आफूले बालेनलाई खुलेरै समर्थन गरेको वताएका छन् । पराजुलीले भने, देश र जनताको पक्षमा राम्रो काम जस्ले गरे पनि त्यसलाई प्रोत्साहन मात्र होइन सहयोग र समर्थन गर्नुपर्दछ ।

‘कमिसन लिएर मापदण्ड विपरित संरचना बनाउन दिने एमाले पार्टी र तिनका हनुमानहरूलाई बालेनको डोजर अभियानले चर्को रुवाबासी गराएको छ । महेश बस्नेतलाई दुहुनो गाई मरे जस्तै भएको छ । त्यसैले पनि उनको रोइलो निकै टिठ लाग्दो देखिएको छ ।’ नेता भविसोरले भन,े ‘महेश बस्नेतले जति रोइलो गरे पनि अब मापदण्ड विपरित बनेका संरचना हटाइ छाड्नुपर्छ । उनले रोइलो छिटो बन्द गरुन्, होइन भने हेक्का रहोस्, उनलाई काठमाडौँवासीले कालोमोसो दलेर गल्लीगल्ली घुमाउनेछन् ।’

यस्तो समस्या काठमाडौँ मात्र होइन एमालेले विगतमा जहाँजहाँ स्थानीय निकायको नेतृत्व गरेको थियो त्यहाँत्यहाँ त्यस्तै समस्या देखिएका छन् । त्यसैले काठमाडौँबाट बालेनले सुरु गरेपनि यो अभियान देशका सबै पालिकाले सुरु गर्नुपर्ने नेता पराजुलीको भनाई थियो ।

पराजुलीले पत्रकारसँग कुरा गर्ने क्रममा भने, ‘अब चुनाव आउँदैछ, दलाल र भ्रष्टहरूले पैसा खर्च गरेर टिकट लिने र पैसाकै बलमा चुनाव जित्ने अनि देश र जनताको पक्षमा काम गर्नुभन्दा आफ्नो लगानी उठाउन भ्रष्टाचार र कमिसनमा तल्लीन हुने स्थिति छ । यो देश र जनतामाथि हुने जघन्य अपराध हो ।’ यसप्रति सजग र सचेत भई पैसा खर्च गरेर चुनाव जित्छु भनेर लाग्नेहरूलाई पनि आगामी चुनावमा डोजर लगाएर सफा गर्नुपर्ने उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।