0 COMMENTS

भदौ १४, काठमाडौँ । अपूर्व क्षितिज सिंह नामक व्यक्तिले यूट्युब च्यानल ‘कमेडी क्याफे’ शिर्षकमा सिंगो नेवाः समुदायका गौरवशाली अस्तित्व पहिचान र सभ्यतालाई होच्चाउने र बद्नाम गर्ने हेतुले प्रस्तुत गरेको समाग्रीप्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पार्टीका उपाध्यक्ष एवं संचार विभाग प्रमुख बलदीप राईले एक प्रेश विज्ञप्ती जारी गर्दै भन्नु भएको छ, ‘कथित कलाको नाममा सद्भाव भड्काउने तथा नेवाः पहिचान र गौरवशाली सभ्यताको अवमूल्यन गर्ने दुषित मनसायले प्रेरित यस्ता समाजिक प्रस्तुतीलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।’ विज्ञप्तीमा भनिएको छ, उक्त प्रस्तुतीको राष्ट्रिय जनमुक्ति पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यस्ता प्रस्तुती दिने व्यक्ति र प्रचारप्रसार गर्ने संस्थालाई हदैसम्मको कानूनी सजाँयको लागि हामी संवन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।