0 COMMENTS

भदौ १४, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् एम. एस. थापा मगरले स्व. खपाङ्गीको योगदानमाथि चर्चा गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सूर्यवंशी, शिक्षाविद प्रा. डा. श्रीराम उपाध्याय, पूर्व एस. पी. योगेश्वर रोमखानी, डा. मित्र परियार, सञ्जोक लाफा मगर, भीमबहादुर रानामगर र प्रवीण जोशीले खपाङ्गीसंगको सहकार्यको स्मरण व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा स्व. खपाङ्गीद्धारा लिखित ‘मगर माला‘को विमोचन गरिएको थियो ।

गोरेबहादुर खपाङ्गी फाउण्डेसनका अध्यक्ष हुमबहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फाउण्डेसनलाई सहयोग पुर्याउने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।