0 COMMENTS

साउन १४, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ ।

थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा शुक्रबार बिहान साढे ३ बजेतिर गाडीबाट झार्ने क्रममा भागेको र झण्डै चार घन्टापछि साढे ७ बजेतिर राँगो मारिएको हो ।

राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो । करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा पसेको सो राँगोलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।