0 COMMENTS

साउन १३, काठमाडाैँ । बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा बञ्चरो प्रहार गरेर छोराले आफ्नो बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।