0 COMMENTS

साउन ९, काठमाडौँ । नेकपा (बहुमत) भक्तपुरले राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण साउन ८ गते आइतबार भक्तपुर सल्लाघारी सडकमा रूखले किचेर तीनजनाको ज्यान गएको र १४ जना घाइते भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

नेकपा (बहुमत) भक्तपुर जिल्ला इन्चार्ज विश्वास र संयोजक अखिल शर्माले विज्ञप्ति जारी गरी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पार्टीले घाइतेको निःशुल्क स्वास्थ्यउपचार गराउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।