0 COMMENTS

साउन ७, चितवन । युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेला शनिबार बालकुमारी कलेजको सभाहलमा सम्पन्न भएको छ । नेकपा (बहुमत) को भातृ सङ्गठन युवा जनस्वयमसेवक नेपाल, चितवनको प्रथम विशेष भेलाले सन्देश इन्चार्ज र जबरा संयोजक रहने गरि ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । साथै कमिटीले स्वास्थ्यमा भएका माफियाकरण, बित्तिय दलालहरू, शैक्षिक दलालहरू एवम् भ्रष्टाचारी, कमिसनखोरी, राष्टघाती सम्झौता गर्ने/गराउनेहरू बिरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

विशेष भेला कार्यक्रममा युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय सदस्य सन्देशको अध्यक्षतामा नेकपा (बहुमत) का कार्यालय सदस्य तथा व्युरो इन्चार्ज आजाद प्रमुख अतिथि थिए र अतिथिहरू चितवन इन्चार्ज महेश, चितवन पार्टी संयोजक विजय, जनक्रान्तिका घाइते तथा अपाङ्ग संघका केन्द्रीय संयोजक रणदिप, थारु मुक्ति मोर्चाका केन्द्रीय संयोजक बुद्धि, गोर्खा जिल्ला इन्चार्ज हुकुम, युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश, केन्द्रीय सचिव सन्तोष र भरतपुर महानगर इन्चार्ज जीवन, संयोजक काकालगायत पालिका इन्चार्जहरू रहेका थिए भने कार्यक्रमको सञ्चालन सुविन घिसिङले गरेका थिए ।

पार्टीका व्युरो इन्चार्ज तथा भेलाका प्रमुख अतिथि आजादले महत्वपूर्ण भनाइ तथा प्रशिक्षण दिएका थिए । त्यस्तै चितवन जिल्ला इन्चार्ज महेशले नवनिर्वाचित पदाधिकारीहरूलाई टीका तथा अविर लगाई बधाई तथा कार्यकालको शुभकामना दिनुका साथै नेपालमा जनयुद्धदेखि आजसम्म परिवर्तनको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदको सपनालाई साकार पार्ने र नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न, दलाल संसदीय व्यवस्थाको खारेज गर्न विगतमा गरिएको सम्पूर्ण असमान राष्ट्रघाती सन्धि खारेजी गर्न, कथित नागरिकता विधेयक खारेजी गर्न युवा सङ्गठनको महत्वपूर्ण भुमिका हुनुपर्ने बताए ।

त्यसैगरी भेलामा शुभकामना तथा कार्यक्रम सफलताको मन्तव्य अखिल (क्रान्तिकारी) चितवनका इञ्चार्ज विकल्प खत्रीले दिएका थिए । यस्तै युवा जनस्वयमसेवक, नेपालका केन्द्रीय उपाध्यक्ष अविनाशले युवाको आवश्यकता र नेपालमा भएको दलाल व्यवस्थाका विरुद्धमा धावा बोल्न र नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न युवा जनस्वयमसेवकले आजका दिनमा महत्वपूर्ण भुमिका भएको बताए । अन्त्यमा भेलाका सभाध्यक्ष तथा निर्वाचित अध्यक्ष सन्देशले प्रतिबद्धता र युवा जनस्वयमसेवकले सर्वहारा जनताको पक्षमा निरन्तर सङ्घर्ष गर्ने प्रतिबद्धता मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।