0 COMMENTS

साउन ८, काठमाडौँ । विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो ।

मंकीपक्स प्रकोपलाई लिएर विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको दोस्रो बैठकको अन्तमा यो निर्णय लिइएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस्ले ७५ देशमा १६,००० भन्दा बढी केसहरू पहिचान भइसकेको र यसबाट हालसम्म पाँच जनाको मृत्यु भएको बताए । वर्तमान अवस्थामा अन्य दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिएको छ – ‘कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास ।’

डा.टेड्रोसले संगठनको आपतकालीन समिति सुरुमा मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने कि नगर्ने भन्नेमा सहमतिमा पुग्न नसकेको तर प्रकोपको द्रुत विस्तारका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरेको बताए । –बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।