0 COMMENTS

साउन ७, काठमाडौँ । भक्तपुरबाट प्रकाशित ‘परिवर्तनशील आवाज’ साप्ताहिकको १५ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

होटल घ्याम्पे डाँडा, गुण्डु—७, भक्तपुरमा भएको सो कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री एवं नेकपा (एमाले) का नेता महेश बस्नेतले समाज परिवर्तनमा मिडियाको महत्वपूर्ण भूमिका हुने बताउँदै राजनीतिकर्मी, मिडियाकर्मी एकै साथ भएर २०६२/२०६३ को जनआन्दोलन सफल भएको बताउनु भयो । नेता बस्नेतले पत्रकारको आस्था जुन पार्टी, संगठनमा भए पनि समाचार निष्पक्ष र आलोचनात्मक चेतसहितको हुनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा विशेष अथिति प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं उपत्यका ईन्चार्ज हेकराज सिलवालले ‘परिवर्तनशील आवाज’ पत्रिकाले जनताका आवाजलाई अझ ५०–१०० वर्षसम्म बुलन्द पार्न सकोस् भन्ने शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा ‘परिवर्तनशील आवाज’ साप्ताहिकका सल्लाहकार वरिष्ठ पत्रकार प्रविणराज जोशीले धन्यवाद मन्तव्य र डा. राजेन्द्र कोजुले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो साप्ताहिकका सम्पादक कृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कायक्रमको संचालन सह–सम्पादक रामचन्द्र प्रजापतीले गर्नु भएको थियो ।

कार्यक्रममा सो साप्ताहिकका सम्पादक कृष्ण प्रजापतिको नेवा भाषामा लिखित यथार्थ सामाजिक उपन्यास ‘पिने ला: वंम्ह मिसाचा’ को पनि लोकार्पण गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।