0 COMMENTS

साउन ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले बुधबार विज्ञप्ति जारी गर्दै घटेर आएको दररेटमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी बिक्रीवितरण गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेका हुन् ।

विज्ञप्तिमा उनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पटकपटक गरेको मूल्य वृद्धिले आमनेपाली नागरिकको बाँच्न पाउने मौलिक हक खोसेको उल्लेख गर्दै राज्य र नेपाल आयल निगमको जनतालाई लुट्ने र शोषण गर्ने कार्यको भत्र्सना गरेका छन् । भारतीय आयल निगमले मूल्य वृद्धि गरेर दररेट तोकेको बहाना गर्दै प्रत्येक १५ दिनमा मूल्य वृद्धि गर्ने नेपाल आयल निगमले अहिले भारतीय आयल निगमबाट पुरानो मूल्यमा घटाएर पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा दररेट कायम गरेर पठाए पनि नेपाल आयल निगमले बदमासी गरेर पुरानै मूल्यअन्तर्गत पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको प्रतिलिटर १७२ रुपैयाँमा बिक्री–वितरण गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रको आमूल रूपान्तरण र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सङ्घर्ष राष्ट्रियता, जनजीविका, जनतन्त्रलगायत सवालमा निरन्तर आवाज उठाउँदै आएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पटकपटक गरेको मूल्य वृद्धिले आमनेपाली नागरिकको बाँच्न पाउने मौलिक हक खोसेको कुरामा हामी सबै भुक्तभोगी नै छौँ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेर दररेट तोकेको बहाना गर्दै प्रत्येक १५ दिनमा मूल्यवृद्धि गर्ने नेपाल आयल निगमले अहिले भारतीय आयम निगमबाट पुरानो मूल्यमा घटाएर पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा दररेट कायम गरेर पठाए पनि नेपाल आयल निगमले बदमासी गरेर पुरानै मूल्यअन्तर्गत पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको प्रतिलिटर १७२ रुपैयाँमा बिक्री–वितरण गरिरहेको छ । राज्य र नेपाल आयल निगमको यसप्रकारको जनतालाई लुट्ने र शोषण गर्ने कार्यको भत्र्सना गर्दछौँ । घटेर आएको दररेटमा मूल्य सामायोजन गरी बिक्रीवितरण गर्न हाम्रो सङ्गठन राज्य र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । अन्यथा सङ्घर्षको मोर्चाबाट यसको जबाफ दिने कुरा यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।