0 COMMENTS

साउन ३, कास्की । पोखरा महानगरपालिका ३३ दुईपिप्लेमा सुकुमबासी बस्तीका रूपमा बस्दै आएका २३ घरधुरी र ३३ कै चुहुने पहरास्थित पशुपति घाट क्षेत्रमा रहेका सुकुमबासी बस्तीका ३० वटा टहरा भत्काइएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्की, पोखरा महानगरपालिका सङ्गठनले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्दै उनीहरूको उचित व्यवस्थापन गर्न माग गरेको हो ।

बर्सात्को समयमा निर्मम बनी मानव संवेदनाको समेत ख्याल नगरी बस्ती भत्काइएको भन्दै पोखरा महानगर र वडा नम्बर ३३ लाई उद्धृत गर्दै उनीहरूको उचित व्यवस्थापन गरिदिन सङ्गठनले माग गरेको छ । विगत केही समयअघिदेखि उक्त ठाउँमा सुकुमबासीका रूपमा बस्ती बसेको थियो । अवैध रूपमा सञ्चालित क्रसर उद्योगका ठाउँमा बसोबास गरिरहेका उनीहरू त्यहाँ क्रसर सञ्चालन गरिएपछि विस्थापित हुँदै दुईपिप्लेमा टहरा बनाएर बसोबास गरिरहेका थिए । पोखरा ३३ चुहुने पहरास्थित पशुपतिघाट क्षेत्रमा रहेको करिब २०० रोपनी सार्वजनिक जग्गामा बसेको सुकुम्बासी बस्तीका केही टहरा हटाइएको थियो ।

वडा अध्यक्ष रामचन्द्र अधिकारीले भने अवैधानिक रुपमा बसोबास गरेका टहरा हटाइएको र लामो समयदेखि बसिरहेको बस्तीलाई संरक्षण गरिएको दाबी गरे । वास्तबिक सुकुमबासी पहिचान गरी बाँकीलाई पनि व्यवस्थित गर्न सकिने उनको भनाइ थियो । साउन २ गते सोमबार पोखरा महानगरपालिका वडा नम्बर ३३, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले निर्ममतापूर्वक बस्तीका टहरा भत्काएपछि नेकपा (बहुमत) ले विरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।