0 COMMENTS

साउन २, काठमाडौँ । नेपाल प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङ छन् ।

भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।