0 COMMENTS

साउन १, काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आकर्षक प्याकेजहरुसहित आजदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुने गरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो ।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ।

आजैदेखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सह-प्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।