0 COMMENTS

साउन २, काठमाडौँ । बाजुरामा भूकम्प गएको छ । आज विहान ४ बजे सुदूर-पश्चिम प्रदेशको बाजुरा जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

मानिसहरु सुतेको बेला भूकम्प गएको कारण धेरैले थाहा नै नपाएको बताइएको छ ।  बजुरा प्रहरीका अनुसार भूकम्पबाट क्षति भए नभएको जानकारी अहिलेसम्म जानकारी आएको छैन । छिमकी अछाम, बझाङमा पनि धक्का महशुस भएको बताइएको छ । दुई दिनअघि मात्रै सिन्धुपाल्चाेक केन्द्र बनाएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।