0 COMMENTS

असार २७, काठमाडौँ । विप्लव नेतृत्वको नेकपाबाट राजनीतिक–वैचारिक रूपमा पतीत भएको निष्कर्ष निकाल्दै आइतबार विद्रोह गरेर नेकपा (बहुमत) मा प्रवेश गरेका नेता–कार्यकर्ताको घरघरमा गई विप्लव पार्टीका नेता–कार्यकर्ताले प्रलोभन र धम्की दिएका छन् ।

विद्रोहको अगुवाइ गर्ने विचारमान थिङ र पदम मगरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहका व्यक्तिहरू घरघरमा आएर ‘हिजोको वक्तव्यमा गरिएको हस्ताक्षरलाई कृत्रिम हो भनिदिनुस्’, ‘तपाईंलाई के चाहियो, त्यो हामी दिन्छौँ’, ‘कति पैसा चाहियो, त्यो पनि दिन्छौँ’ भन्दै कतिपय साथीहरूलाई भीडीओमा बोल्न लगाएर आफ्नो स्वार्थमा बोलेको देखाउने र सुनाउने कुकृत्यसमेत गरिरहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।