0 COMMENTS

असार २७, चितवन : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी चितवनले प्याब्सन चितवनलाई २७ गते गरिएको शुल्क वृद्धिको निर्णय ७२ घन्टाभित्रै फिर्ता नलिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । इन्चार्ज विकल्प खत्री र संयोजक सुमन श्रेष्ठले सोमबार प्याब्सन चितवनका अध्यक्षलाई सम्बोधन गरी सार्वजनिक गरेको ज्ञापनपत्रमा प्याब्सनले २०७९ असार २७ गते विज्ञप्ति नै निकालेर ४० प्रतिशत शुल्क वृद्धि गरेको सार्वजनिक गरेकाले उक्त उक्त विज्ञप्ति र शुल्क वृद्धिको निर्णयप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सङ्गठनले दिएको ज्ञापनपत्रमा नालायक सरकारले रुस–युक्रेनको युद्धलाई देखाएर पेट्रोलियम पदार्थमा चर्को मूल्य वृद्धि गर्दा सबै क्षेत्रमा चर्को मूल्य वृद्धि भएको र यसले गर्दा नेपाली जनता चर्को मूल्य वृद्धिको मारमा परिराखेको अवस्थामा प्याब्सन चितवनले गरेको शुल्क वृद्धिले झनै आहत तुल्याएको उल्लेख छ । पत्रमा प्याब्सन चितवनलाई तुरुन्तै उक्त वृद्धि भएको शुल्क ७२ घन्टाभित्र खारेज गर्न माग गरेको र अन्यथा सङ्गठन आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रमा तत्कालका लागि सङ्गठनले साङ्केतिक रूपमा लेखा कक्षमा तालाबन्दी गरेको र विद्यालयको अगाडि विरोध कार्यक्रम राखेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।