0 COMMENTS

असार २७, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक सोमबार पोखरामा सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले गत स्थानीय निर्वाचनमा काँग्रेस र माओवादी मिलेर ठूलो घात गरेकाले आगामी निर्वाचनमा सम्मानजनक भए गठबन्धन गर्ने नत्र एक्लै चुनाव लडेर देशभर जित्ने अभियान चलाउनु पर्नेमा जोड दिनु भयो ।

ओली दक्षिणपन्थी, अवसरवादी, विसर्जनवादी भएकाले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजान विद्रोह गर्नु परेको भनाई ईन्चार्ज श्रेष्ठको थियो ।

बैठकमा विशेष अतिथि पार्टी स्थायी समिति सदस्य एवं मोर्चा संगठन सहईन्चार्ज भबिसोर पराजुलीले पार्टीले संगठन सुदृणीकरण गरेर आगामी चुनावमा एक्लै लडेर देशभर जित्ने अभियान चलाउनु पर्नेमा जोड दिदै उहाँले भन्नु भयो,—‘ हामीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनः संगठित भएर क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु पर्नेका जोड दिनु पर्दछ ।’

प्रदेश सदस्यहरुले प्रतिवेदनमाथि सुझाव, पार्टी गतिविधिबारे आफ्नो प्रतिक्रिया दिएका थिए भने प्रतिवेदन र रिपोर्टिङका क्रममा उठेका विषयहरुमा प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठद्धारा प्रष्ट पार्नु भयो ।

बैठकमा स्थायी समिति तथा गण्डकी प्रदेश सहईन्चार्जहरु क्रमशः तुलबहादुर गुरुङ, चुडामणी जंगली, शारदा सुवेदी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतका नेताहरुको उपस्थिति थियो ।

स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माको अध्यक्षतामा बसेको बैठकको संचालन पोलिट्व्यूरो सदस्य एवं गण्डकी प्रदेश सचिव प्रतावलाल श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।