0 COMMENTS

असार २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ । गण्डकी, लुम्बिनी र सुदूर–पश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली हुँदै देशका बाँकी भू–भागमा अहिले सामान्य वर्षा भइरहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बाँकी एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । अन्य भू–भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूर–पश्चिम प्रदेशका थोरै स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।