0 COMMENTS

असार २०, काठमाडौँ । नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १९ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५३५ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो । मन्त्रालयका अनुसार हाल नेपालमा ३४८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप १ लाख ४४ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।