0 COMMENTS

असार २०, काठमाडौँ । युवा जनस्वयम् सेवकको विशेष राष्ट्रिय भेला भाेलि मङ्गलबारदेखि काठमाडौँमा सुरु हुँदैछ । युवा जनस्वयम्सेवक नेकपा (बहुमत) को सहायक सङ्गठन हो ।

मङ्गलबार बिहान काठमाडौँ पुरानो बानेश्वरस्थित ओम साई पार्टी प्यालेसमा देशभरका सयौँ क्रान्तिकारी युवाहरूको उपस्थितिमा भेला उद्घाटन हुनेछ । नेकपा (बहुमत) का संयोजक कञ्चनले भेलाको उद्घाटन गर्ने बताइएको छ । भेलामा देशका ७७ जिल्लाबाटै प्रतिनिधित्व हुने एवम् देश र श्रमिक जनताको मुक्तिका लागि जारी वैज्ञानिक समाजवादी क्रान्तिमा युवाको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल र बहस भई नयाँ नीति, कार्यक्रम र नेतृत्व चयन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।